एसईई परीक्षा सर्दैन, निर्धारित तालिका अनुसारनै हुने

काठमाडौँ, ४ चैत । सरकारले कक्षा १० एसईईको परीक्षा निर्धारित तालिका अनुसारनै हुने जनाएको छ ।

कोरोना भाइरसको सन्त्रास सन्सारभर फैलिरहेको बेलामा एसईईको परीक्षा के हुन्छ भन्ने चासो भैरहेका बेलामा परीक्षा नियत्रण कार्यालयले परीक्षा तोकिएकै तालिका अनुसार चैत्र ६ गते बिहिवारबाट शुरु  हुने जनाएको हो ।

परीक्षामा काठमाण्डौबाट सबैभन्दा बढी र मनाङबाट सबैभन्दा कम परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । प्रत्येक परीक्षा केन्द्रमा एकजना स्वास्थ्यकर्मी आवश्यक उपकरण र औषधी सहित राखिने र शंका लागेका परीक्षार्थीलाई बेग्लै कोठामा राखेर परीक्षा दिन लगाउने तयारी गरिएको छ ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीहरुले समेत परीक्षामा सहभागी हुँदा सावधानी अपनाउनुपर्ने बताउनुभएको छ । भाइरसबाट जोगिनका लागि सावधानी अपनाउँदै निश्चिन्त भएर परीक्षामा सहभागी हुन परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई आग्रह गरेको छ ।

परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुँदैछन् । यी परीक्षार्थीका लागि मुलुकभर १ हजार ९ सय ९५ परीक्षा केन्द्र र सोही अनुसारको जनशक्ति परिचालन गर्ने तयारी कार्यालयको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका