मेरिगोल्डका विद्यार्थीद्वारा सामुदायीक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

भक्तपुर, ४ चैत । मेरिगोल्ड इंगलिस बोर्डिङ्ग स्कुल, बालकोटका ७ कक्षाका विद्यार्थीले दैनिक २ रुपैयाँको दरमा खुत्रुकेमा जम्मा गरेको रकमबाट अर्काे सामुदायीक विद्यालयका साना विद्यार्थीलाई शैक्षिक र खेल सामग्री उपहार दिएका छन् । उनीहरुले बालकोटकै वालवालिका आधारभूत विद्यालयका ७५ जना वालवालिकालाई शैक्षिक र खेल सामग्री उपहार दिएका थिए ।

मेरिगोल्डका कक्षा ७ का ४९ जना विद्यार्थीले कार्तिकदेखि फागुन महिनासम्म दैनिकरुपमा खुत्रुकेमा जम्मा गरेको ८ हजार रुपैयाँमा विद्यालयले २ हजार थपेर जम्मा भएको १० हजार रुपैयाँबाट शैक्षिक सामग्री र खेल सामग्री प्रदान गरेको विद्यालयको आइएसए प्रोजेक्ट कोअर्डिनेटर विशाल श्रेष्ठले बताए ।

बेलायती शैक्षिक नियोग ब्रिटिस काउन्सिलद्वारा सञ्चालित इन्टरनेशनल स्कुल एवार्ड (आईएसए) को लागि मेरिगोल्ड स्कुलमा सञ्चालित चौथो आयोजना अन्र्तगत विद्यार्थीहरुले खुत्रुके अभियान शुरु गरेका थिए । ‘हामी सानो काम गर्छाैं, अर्थात लिट्टिल थिंग्स व्हि डु’ नाराका साथ ति विद्यार्थीले खुत्रुके वचत अभियान शुरु गरेका थिए ।

सानै रकम भएपनि दैनिक रुपमा वचत गर्ने, अरुलाई सहयोग गर्ने वानी बसाल्न र समुदायप्रति सहयोगको भावना जागृत गराउन खुत्रुके वचत अभियान अघि सारेको विद्यालयका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठले बताए ।

शैक्षिक र खेल सामग्री हस्तान्तरण कार्यक्रममा मेरिगोल्ड स्कुलका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठ, विद्यालय संयोजक गगनसिंह विष्ट,आइएसए कोअर्डिनेटर विशाल श्रेष्ठ, प्रोजेक्ट लिडर सुजिता थापा र सानु श्रेष्ठको साथै वालवालिका आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुकाजी श्रेष्ठले मेरिगोल्डका विद्यार्थीहरुको अनुकरणीय प्रयासको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् । आज बढुवा भएका खत्रीलाई प्रधानसेनापति

 काठमाडौँ, ११ कार्तिक । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको

काठमाडौँ, ११ कार्तिक । अब नेपाली नागरिकले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता

हुम्ला, ११ कार्तिक । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका