मेरिगोल्डका विद्यार्थीद्वारा सामुदायीक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

भक्तपुर, ४ चैत । मेरिगोल्ड इंगलिस बोर्डिङ्ग स्कुल, बालकोटका ७ कक्षाका विद्यार्थीले दैनिक २ रुपैयाँको दरमा खुत्रुकेमा जम्मा गरेको रकमबाट अर्काे सामुदायीक विद्यालयका साना विद्यार्थीलाई शैक्षिक र खेल सामग्री उपहार दिएका छन् । उनीहरुले बालकोटकै वालवालिका आधारभूत विद्यालयका ७५ जना वालवालिकालाई शैक्षिक र खेल सामग्री उपहार दिएका थिए ।

मेरिगोल्डका कक्षा ७ का ४९ जना विद्यार्थीले कार्तिकदेखि फागुन महिनासम्म दैनिकरुपमा खुत्रुकेमा जम्मा गरेको ८ हजार रुपैयाँमा विद्यालयले २ हजार थपेर जम्मा भएको १० हजार रुपैयाँबाट शैक्षिक सामग्री र खेल सामग्री प्रदान गरेको विद्यालयको आइएसए प्रोजेक्ट कोअर्डिनेटर विशाल श्रेष्ठले बताए ।

बेलायती शैक्षिक नियोग ब्रिटिस काउन्सिलद्वारा सञ्चालित इन्टरनेशनल स्कुल एवार्ड (आईएसए) को लागि मेरिगोल्ड स्कुलमा सञ्चालित चौथो आयोजना अन्र्तगत विद्यार्थीहरुले खुत्रुके अभियान शुरु गरेका थिए । ‘हामी सानो काम गर्छाैं, अर्थात लिट्टिल थिंग्स व्हि डु’ नाराका साथ ति विद्यार्थीले खुत्रुके वचत अभियान शुरु गरेका थिए ।

सानै रकम भएपनि दैनिक रुपमा वचत गर्ने, अरुलाई सहयोग गर्ने वानी बसाल्न र समुदायप्रति सहयोगको भावना जागृत गराउन खुत्रुके वचत अभियान अघि सारेको विद्यालयका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठले बताए ।

शैक्षिक र खेल सामग्री हस्तान्तरण कार्यक्रममा मेरिगोल्ड स्कुलका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठ, विद्यालय संयोजक गगनसिंह विष्ट,आइएसए कोअर्डिनेटर विशाल श्रेष्ठ, प्रोजेक्ट लिडर सुजिता थापा र सानु श्रेष्ठको साथै वालवालिका आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुकाजी श्रेष्ठले मेरिगोल्डका विद्यार्थीहरुको अनुकरणीय प्रयासको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ