शेयर बजार परिसूचक नेप्से बढ्यो

काठमाडौँ, ३ चैत । आज शेयर बजार परिसूचक नेप्से ३ अंकले बढेको छ ।

शुन्य दशमलव २ छ प्रतिशतले बढेको बजारमा सोमबार करिब १ अर्ब ६१ करोड रुपैंया बराबरको कारोबार भएको छ ।

केहि समयदेखि ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्सेमा सोमबार भने केहि सुधार देखिएको छ । सोमबार ३ दशमलव ३ चार अंकले सुधारिदै नेप्से १ हजार ३ सय १६ दशमलव ३ नौ अंकको बिन्दुमा कायम भएको छ ।

सोमबार १ सय ८० वटा कम्पनीको करिब १ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। होटल, उत्पादन र म्युचुअल फण्डको सूचकमा सामान्य गिरावट देखिए पनि सोमबार बाँकी सूचकमा भने सुधार देखिएको छ ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको करिब १५ करोड ४० लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । त्यस्तै एनआइसी एसियाको १२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो। सोमबार सबैभन्दा धेरै सिभिल लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ८ आठ प्रतिशतले सुधार भएको छ ।

युनिलिभरको शेयर मूल्य सोमबार १ हजार २ सय ६७ रुपैयाँले घटेको छ । कम्पनीको शेयर मूल्य २० हजार २ सय ८९ रुपैयाँमा झरेको हो। कोरोनाको विश्वव्यापी प्रभावले अन्तर्रा्ष्ट्रिय स्टक मार्केटमा पनि भारी गिरावट देखिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज