काठमाडौँ, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्षले पदभार ग्रहण गर्नुभएको छ । आज राप्रपाको पार्टी कार्यालय चाबहिलमा अध्यक्षत्रयले पदभार गर्नुभएको हो ।
पदभार ग्रहणपछि अध्यक्ष कमल थापाले राप्रपालाई कांग्रेस र कम्युनिष्ट सरह देशको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने लक्ष्यका पार्टी एक भएको बताउनुभयो ।
देशप्रतिको राष्ट्रहितको जिम्मेवारी महसुस गर्दै पार्टी एकिकरण गरेको पार्टीका अर्का अध्यक्ष डा। प्रकाशचन्द्र लोहोनीले बताउनुभयो ।
पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले जनतालाई धोखा दिइरहँदा पनि प्रमुख प्रतिपक्षी दलले त्यसको खवरदारी गर्न नसकेको र अब राप्रपाले त्यो भूमिका निभाउने जिकिर गर्नुभयो ।






