रोनाल्डो पनि क्वारेन्टाइनमा

एजेन्सी, २९ फागुन । कोरोना भाइरसका कारण पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् ।

इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् ।

३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए । रुगानीको खबर सुनेपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका हुन् ।

सामाजिक सञ्जालमा मिरालेम पिजानिकले पोष्ट गरेको उक्त फोटोमा रोनाल्डो र रुगानी दुवैले खुशी मनाइहेका थिए । रुगानीसंग भेट गरेका दुवै टिमका खेलाडीहरुले अब क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । रुगानी उक्त खेलमा बेन्चमै रहेको भएर धेरैसंग उनले भेट गरेका थिएनन् ।

रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा