नबिल बैंकले बैंकिङ सफ्टवेयरमा गैरकानुनी अभ्यास गरेपछि…

काठमाडौँ, २९ फागुन । नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास’ गर्दै आएको तथ्य फेला परेको छ ।

वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्र बैंकका नियम र मापदण्डसमेत उल्लंघन गर्दै आएको छ । नागरिकसँगको सम्पर्कमा आएका ऋणीका अनुसार राष्ट्रबैंकको निर्देशिकाविपरीत नबिल बैंकले सम्बन्धित ऋणीको खाताबाट रकम काट्ने गरेको छ ।

बैंकले आफूले लिएको ऋण विभिन्न कारणले भाकामा तिर्न नसक्ने ऋणीको कोर बैंकिङ सफ्टवेयर (सिबिएस) बाट बैंक खाता विवरण अफलाइन हासिल गरी रकम घटाउने गरेको हो । अफलाइन खाता विवरण हासिल गरेपछि ऋण असुली गर्ने विद्यमान मापदण्डविपरीत बैंक कर्मचारीहरूले सम्बन्धित व्यक्तिको रकम उसको खाताबाट काट्ने गरेका छन् ।

राष्ट्रबैंक नियमावलीले बैंकलाई पहिले ब्याजमा लागेको जरिवाना, ब्याज र त्यसपछि मात्र साँवा घटाउन दिन्छ । तर नबिलले यसविपरीत काम गरिरहेको छ । ऋणीहरूले दाबी गरेअनुसार बैंकले सबैभन्दा पहिले साँवा, त्यसपछि ब्याज र अनि मात्र ब्याजमा लागेको जरिवाना काट्ने गरेको छ ।

नबिल बैंकले राष्ट्रबैंकको मापदण्डविपरीत आफ्ना कर्मचारी परिचालन गरी लक्षित ऋणीको बैंक खाता विवरण अफलाइनमा लैजाने र त्यसैका आधारमा घटाउने गरेको देखिएको छ । यो अभ्यासको उद्देश्य ऋण जोखिम घटाउने हो। यसले गर्दा सम्भावित क्षति र ननपर्फर्मिङ लोन (एनपिएल) को व्यवस्था गर्नु आवश्यक हुँदैन । यसले बैंकलाई आफ्नो नाफा कायम राख्न र सेयरधनीलाई लाभांश नघटोस् भन्ने सुनिश्चित गर्छ । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज