परीक्षार्थीलाई माक्स र तातो पानी वितरण गर्ने

ललितपुर, २८ फागुन । सामुदायीक विकास केन्द्र र भ्याली पब्लिक माध्यमिक विद्यालयले पुनः प्रयोग गर्न मिल्ने माक्स नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

महालक्ष्मी नगरपालिकाको आधारभूत तहको परीक्षामा सहभागि हुने एक हजार ९५४ जना विद्यार्थीलाई निःशुल्करुपमा प्रदान गर्नका लागि मंगलवार केन्द्र र भ्याली पब्लिक माविले संयुक्तरुपमा नगर प्रमुख रामेश्वर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

उक्त माक्स फागुन २९ गतेबाट शुरु हुने आधारभूत तहको परीक्षामा सामेल हुने परीक्षीर्थीहरुलाई सम्बन्धीत परीक्षा केन्द्रको हेल्थ डेक्सबाट उपलब्ध गराईने तयारी गरिएको छ ।

उक्त माम्स वितरणले विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण हुनबाट बच्न सकिन्छ भन्ने आत्मविश्वास बृद्धि हुने नगरप्रमुख श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सातवटै परीक्षा केन्द्रमा हेल्थ डेक्स रहने, परीक्षार्थीहरुलाई तातो पानी उपलब्ध गराई, इच्छुक अभिभावक, शिक्षक र पत्रकारलाई परीक्षाको व्यवस्थापनको निरिक्षाण गर्ने व्यवस्था गरिएको छ । नगरपालिकाको यस कार्यले परीक्षामा सहभागि हुने विद्यार्थीको आत्मविश्वास बृद्धि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ