परीक्षार्थीलाई माक्स र तातो पानी वितरण गर्ने

ललितपुर, २८ फागुन । सामुदायीक विकास केन्द्र र भ्याली पब्लिक माध्यमिक विद्यालयले पुनः प्रयोग गर्न मिल्ने माक्स नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

महालक्ष्मी नगरपालिकाको आधारभूत तहको परीक्षामा सहभागि हुने एक हजार ९५४ जना विद्यार्थीलाई निःशुल्करुपमा प्रदान गर्नका लागि मंगलवार केन्द्र र भ्याली पब्लिक माविले संयुक्तरुपमा नगर प्रमुख रामेश्वर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

उक्त माक्स फागुन २९ गतेबाट शुरु हुने आधारभूत तहको परीक्षामा सामेल हुने परीक्षीर्थीहरुलाई सम्बन्धीत परीक्षा केन्द्रको हेल्थ डेक्सबाट उपलब्ध गराईने तयारी गरिएको छ ।

उक्त माम्स वितरणले विद्यार्थीहरुमा कोरोना भाइरसको संक्रमण हुनबाट बच्न सकिन्छ भन्ने आत्मविश्वास बृद्धि हुने नगरप्रमुख श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सातवटै परीक्षा केन्द्रमा हेल्थ डेक्स रहने, परीक्षार्थीहरुलाई तातो पानी उपलब्ध गराई, इच्छुक अभिभावक, शिक्षक र पत्रकारलाई परीक्षाको व्यवस्थापनको निरिक्षाण गर्ने व्यवस्था गरिएको छ । नगरपालिकाको यस कार्यले परीक्षामा सहभागि हुने विद्यार्थीको आत्मविश्वास बृद्धि भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ११ कार्तिक । पोखराको न्युरोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  अन्नपूर्ण गाउँपालिकाको नौडाडाका आशिष कुँवरको मृत्यु

झापा, ११ कार्तिक । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै

काठमाडौँ, ११ कार्तिक । अमेरिकाबाट कुरियर गरेर पठाएको गाँजा सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ

काठमाडौँ, ११ कार्तिक । सुर्खेतमा चिरपट (दाउरा)ले हान्दा चोट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका