विश्वकप छनोटका दुई खेल स्थगित

एजेन्सी, २७ फागुन । फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत अप्रिल र जुनमा हुने खेलहरु स्थगित भएको छ ।

कोरोना भाइरसको कारण विश्वकपको एसिया छनोट अन्तर्गतका खेलहरु स्थगित भएको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले एसियाका सदस्य राष्ट्रहरुसँग छलफल गरेपछि मार्च र जुनको खेल स्थगित गर्ने निर्णय गरेको हो ।

मार्च २३ देखि ३१ सम्म र जुन १ देखि ९ सम्मको खेलहरु स्थगित गरिएको एएफसी र फिपाले जनाएको छ । स्थगित गरिएको खेलको खेल तालिका बारे पिफा र एएफसीले पछि जानकारी गराउने जनाएको छ ।

फिफा र एएफसीको निर्णयपछि नेपालमा यही मार्च अन्तिम साता हुने भनिएको विश्वकप छनोटका दुई खेल आधिकारिक रुपमै स्थगित भएको छ । चाइनिज ताइपेई र अष्ट्रेलियाबीच तय खेलको लागि प्रशिक्षण थालेको नेपाली टिमको प्रशिक्षण पनि अखिल नेपाल फुटबल संघ एन्फाले स्थगित गरिसकेको छ ।

नेपाले मार्च २६ मा चाइनिज ताइपेई र मार्च ३१ मा अष्ट्रेलियासँग खेल तालिका थियो । कोरोनाकै कारण देखाउँदै अष्ट्रेलियाले नेपालसँगको खेलसमेत अक्टोबरमा सार्न एएफसीसँग आग्रह गरेको थियो ।

यस्तै फिफा र एएफसीले सुरक्षाको सबै जिम्मेवारी लिन सक्छ र विपक्षी टिम खेल्न तयार रहेमा भने मार्च र जुनको खेल खेलाउन सकिने समेत जनाएको छ । तर कोरोनाकै कारण तुर्कमिनिस्तान एएफसी फुटसल च्याम्पियनसिप पनि स्थगित भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण स्थगित भएका खेलको तालिका पछि सार्वजनिक गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा