काठमाडौँ, २७ फागुन । आज नेप्से परिसूचक लगातार ओरालो लागेर ६ प्रतिशतको गिरावट आएपछि समग्र सेयर बजार बन्द भएको छ ।
११ बजेबाट सुरु भएको भएको बजार १२ बज्न १ मिनेट बाँकी हुँदा ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लाग्दै कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो । पुनः कारोबार खुलेको केही मिनेटमै १२ बजेर ३१ मिनेट जाँदा पफेर बजार ५ प्रतिशले घटेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि बन्द भएको थियो ।
त्यसपछि खुलेको बजार भने ३ मिनेट नबित्दै ६ प्रतिशतले घटेपछि यस दिनका लागि समग्र कारोबार बन्द भएको हो । लगानीकर्ताहरु आत्तिएर शेयर बिक्री गर्न थालेपछि बजारमा नेगेटिम सर्किट ब्रेक लागेको हो ।
१ बजेर १३ मिनेटमै बन्द भएको बजारमा कुल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर काराेबार भएकाे छ । यस दिन कुल १ अर्बभन्दा बढी रकमकाे शेयर कारोबार भए पनि सबै सूचक भने नकारात्मक रहेका छन् । यस अवधिमा नेप्से परिसूचक ८६.३९ प्रतिशतले घटेर १३४९.३१ विन्दूमा झरेको छ ।






