युवाको नजरमा प्रधानमन्त्री केपी ओली…

हामी कसैको पनि कल्पनाको विषय नहोला भन्न सकिँदैन कि १४ वर्ष जस्तो जिन्दगीको लामो र उर्जाशिल उमेरमा कठोर यातना सहितको त्यो काल कोठिमा बिताएर आजका दिनसम्म आईपुग्दा राष्ट्रका निम्ति लिईएको अदम्य साहास अनि राष्ट्रप्रेम कति गहिरो छ भनेर ।

कसैलाई नपच्न सक्छ, किनकि पच्नलाई त हाम्रो राजनैतिक संस्कारले पनि त पचाउनु पर्ने छ तर पनि उहाँको त्यो मुस्कान सहितको नेपालको आर्थिक समृद्धिका लागि अघि बढाईएका अदम्य साहासिक यात्रा, नेपालको राजनीतिक परिवेशमा उहाँको भूमिका र उहाँको स्वास्थ्य अवस्था नियाल्दा लाग्छ ‘साँच्चिकै यो राष्ट्रले गर्व गर्न लायक एउटा सपूत जन्माएको रहेछ ।’

हरेक मान्छे सर्वगुणि हुन नसक्ला तर, देश र जनताको निम्ति हाल नेपालको राजनीतिमा सबैभन्दा अब्बल र राष्ट्रप्रेमि युगनेता भन्न कसैले कन्जुस्याइँ गर्न पर्छ जस्तो लाग्दैन ।

तपाईं हामी प्रत्यक्ष देखिरहेको छौ, यदि सच्चा मनले सम्मान गर्ने हो भने त्यो भुकम्प र नाकाबन्दी बेला सतिशाल जस्तै अडिग रहेर देश र जनताका निम्ति राष्ट्रप्रेमि त्यो उचो शिर नझुकाउने वीर नेपाली कोहि हुन भने त्यो केपि शर्मा ओलि नै हुन ।

‘म भ्रष्टाचार पनि गर्दिन गर्नेको मुख पनि हेर्दिन’ तपाईंको यो वाणी कोहि कसैलाई हास्यव्यङ्ग्य हुन सक्छ, भएपनि केही फरक पर्दैन, मान्छे मान्छे नै हो अत्भुत देवता हैन किनकि बोल्दा साथ अनि छु छु छुमन्तर गर्दा झ्याप्पै परिवर्तन र बोले जस्तै बन्न लाई । हामी लाई विस्वास छ कि तपाईंको त्यो महान वाणी सत्यतामा परिणत हुँदैछ यसको प्रमाण केही भ्रष्टाचार र बलात्कार का घटना हेरे काफि छ । लाग्छ, तपाईँले लिएका कतिपय राजनैतिक साहासिक यात्रा जो आफ्नो जोडघटाउका लागि हैन यो देश र जनताको निम्ति जोडघटाउ गरिएको छ, यहाँ आफ्नो निम्ति हारिए पनि देश र जनताकै निम्ति जितिएको छ। अहिलेको स्वास्थ्यस्थितिमा पनि तपाईंबाट शुरू भएको नेपालकै सरकारि अस्पताल उपचार गर्ने निर्णयले करोडौँ जनताको खुसि अनि नेपाली डाक्टरमाथि को विस्वासलाई सगरमाथामा जस्तै उचो बनाउनु भएको छ । त्यसकारण पनि ‘तपाईंको अनुयायी हुँ भन्नमा गर्व लाग्छ।’ त्यसैले त होनि अहिले करोडौं नेपाली प्रधानमन्त्री ज्युको जयजयकार सहित स्वास्थ्यलाभको कामना गर्दै सडकमा आएका छन् ।

प्रधानमन्त्री ज्यु, तपाई केही दिन अघि स्वास्थ्यको जोखिमपुर्ण अवस्थामा हुनुहुन्थ्यो तर अहिले त्यो अवस्था पार लाग्यो, लाग्छ यस्तो जोखिमपुर्ण अवस्था पार लाग्नुमा नेपाली जनताले दिएको शुभेच्छासंगै हजुरको आत्मबल नै महत्त्वपूर्ण थियो । तपाईंको यस्तै बलियो आत्मबल संगै तपाईंको सपना देशका सपना हुन, यी सपना पूरा गर्न केही वर्ष तपाईंको नेतृत्वमा यो राज्य अगाडि बढ्न चाहान्छ ।

तपाईंको नेतृत्वमा नै केही भ्रष्टाचारि साँढेहरू पल्टाउनु छ अनि नेपाली राजनीति को नाममा राजनीतिक कलंकहरू छन् तिनलाई छिट्टै नै बढार्नु छ र स्थापित गर्नु छ शुसासित राजनैतिक प्रणाली। कहाँ छुट ररु तपाईलाइ नेपाली जनताको शुभेच्छा बाट बाहिर पुग्नलाई त्यसैले त देवतारूपि न्यायप्रेमि नेपाली जनता आज व्यग्र स्वास्थ्यलाभको प्रतीक्षा सहित प्राथना गरिरहेका छन्।

छिट्टै नै प्रधानमन्त्री ज्यु तपाईंको मिठो मुस्कान सहितको सम्बोधन सुन्न आतुर छौँ !!! कतिलाई तपाईंको स्वास्थ्यसुधार संगै पिसाब फेरेको समाचार भनी छट्पटी भएछ तर हामी तपाईंको स्वास्थ्यलाभ पश्चात यो देशको मुहार फेरेको हेर्ने रहर संगै व्यग्र प्रतिक्षामा छौँ PM ज्यु ।

तारा शर्मा

बागलुङ युवा संघको पुर्वसचिब हाल जिल्ला समिति सदस्य हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २५ चैत । कोरोनाभाइरसको डरका कारण फ्रान्सको एक फुटबल क्लब रिम्सका डाक्टर बर्नाड गोन्जालेजले आत्माहत्या गरेका छन् । ६०

काठमाडौँ, २५ चैत । कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ ।

एजेन्सी, २४ चैत । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीका अनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स

एजेन्सी, २४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पताल भर्ना गरिएको छ । बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार डाक्टरको सल्लाहपछि प्रधानमन्त्रीको