धरान, २५ फागुन । भेडेटारमा साहासिक खेल जिपलाइन सुरु भएको छ ।
करिब दुई वर्षको अध्ययनपछि ३ करोड लागतमा निर्माण भएको जिपलाइन सुरु भएको हो । प्रदेश १ को पहिलो जिपलाइनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।
धरान उपमहानगरपालिका–४, भेडेटारबाट देवीथानसम्म ६५० मिटर लम्बाइको जिपलाइन निर्माण गरिएको हो । सो दूरी पार गर्न जिपलाइनलाई ४५ सेकेण्ड लाग्नेछ ।
भेडेटारमा क्लासिक, सुपरम्यान र कपल (जोडी) गरी तीन तरिकाबाट खेलाइने छ । क्लासिक एक्लै झुण्डिएर र सुपरम्यानमा सुतेर यात्रा गर्नुपर्ने हुन्छ ।






