बैंकको आम्दानीमा असर पर्ने

काठमाडौँ, २५ फागुन । कोरोना भाइरस (कोभिड–१९) का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा समग्र प्रतीतपत्र खोल्ने काम २० प्रतिशतले घटेको छ । भन्सारबाट प्राप्त हुने राजस्व घट्नुको एउटा कारण एलसीको कारोबारमा कमी आउनु पनि हो । तथ्यांकअनुसार चालू आवको मंसिर, पुस र माघमा २७ ओटा वाणिज्य बैंकबाट रू. ६ अर्ब बराबरको सामान एलसीमार्फत आयात भएको छ, जबकि गत आवको सोही अवधिमा रू. १२ अर्बको एलसी खोलिएको थियो । अहिले एलसी खोल्नेको संख्या कम हुँदा त्यसको प्रभाव स्वरूप ६ महीनापछि नेपालमा वस्तु आयात घट्नेछ । व्यापारीहरूले चीनबाट सामान आयात गर्दा एलसीमार्फत मात्र गर्दैनन् । अन्य माध्यमबाट पनि भुक्तानी गर्ने चलन छ । चीनतर्फ मात्र होइन, अन्य देशका लागि पनि एलसी खोल्न कम भएको बैंकहरूको भनाइ छ ।

विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्र– २०७६ ले एलसीमार्फत कारोबार गर्दा सामान खरीद गर्ने १ सय ८० दिनअघि नै व्यवसायीले वाणिज्य बैंकमा एलसी खाता खोलेर प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंकका अनुसार परिवर्त्र्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाहेक अन्य मुलुकबाट मालसामान आयात गर्दा वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकमा प्रतीतपत्र खोल्नुपर्छ । प्रतीतपत्र कारोबार रोकिएपछि यसबापत प्राप्त हुने कमिशन आय घट्नेछ । त्यस्तै एलसी कारोबार घट्दा विदेशी मुद्रा विनिमयबापत हुने कमाइ पनि घट्ने बैंकहरूको भनाइ छ । व्यापार घटेपछि बैंकहरूले यसका लागि प्रवाह गर्ने ऋण पनि घटेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज