काव्य स्काउटको क्याम्प सकिएलगत्तै सुन्दरीजल बन्द

काठमाडौँ, २३ फागुन । काव्य स्कुल नयाँबानेश्वरद्वारा सञ्चालित काव्य स्काउट ट्रुपको १३ औं स्काउट क्याम्प सुन्दरीजलस्थित स्काउट तालीम केन्द्रमा सम्पन्न भएको छ ।

काव्य स्कुलका संस्थापक निर्देशक एवम् स्काउटर रिजन ख्डका क्याम्प चिफ तथा दुर्गा राई संयोजक रहेको उक्त क्याम्पमा स्काउटर एवम् नेपाल स्काउटको तर्दथ समितिका निवर्तमान सदस्य देवदूत अधिकारी, स्काउटर अनुज थापा, रोभर नारायण गुरुंग र रेन्जर निशा बम्जनको साथमा काव्य स्कुलका ७ कक्षाका ४५ जना स्काउटहरु सहभागि थिए ।

क्याम्प अवधिभर ती स्काउटहरुलाई साहसिक, मनोरञ्जनात्मक, ज्ञानवद्र्धक कृयाकलापहरु जस्तै जंगलयात्रा, रुख चढ्ने, सन व्लाइन्डनेश, सुरुंग यात्रा लगायत नृत्य, गायन, क्याम्प फायर लगायत १८ थरी कृयाकलापमा सहभागी गराईएको थियो । एकरात दुईदिने सो क्याम्प समापनका अवसरमा क्याम्प चिफ खड्काले छात्रतर्फ उत्कृष्ट भएका अनुपम पराजुली र छात्रातर्फका उत्कृष्ट सोम्या खत्रीलाई पुरस्कार दिए ।

काव्य स्काउट ट्रुपको क्याम्प सकिएलगत्तै नेपाल स्काउट प्रधान कार्यालयले कोरोना भाइरसको संक्रमण डरले सुन्दरीजल तालीम केन्द्र नै बन्द गर्ने सूचना विहीवार जारी गरेको छ । जवकी जंगलमा भाइरस र व्याक्टेरियाको संक्रमण दर अत्यन्त न्यून हुने भएपनि नेपाल स्काउटले सुन्दरीजल तालीम केन्द्र बन्द गर्ने निर्णय गरेको हो ।

स्काउटले समाजमा अन्य व्यक्ति र समुदायलाई कोरोना भाइरसको संक्रमणबाट वच्न सहजीकरण गर्नुपर्नेमा नेपाल स्काउटको अदूरदर्शी नेतृत्वले स्काउटकै गतिविधिमा रोक लगाएर स्काउटलाई नै संकुचित घेरामा राख्ने निर्देशन दिएकोमा वरिष्ठ स्काउटरहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।