काठमाडौँ, २३ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फागुन २२ गतेबाट डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको शुभारम्भ समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको बैंकका प्रवक्ता उमंग शर्माले जनाएका छन् ।
नेपाली जन माझमा आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ बैंकले शाखा विस्तार गरेको हो ।





