सरकारकै प्रश्न ‘शिक्षण संस्था खोल्ने कि नखोल्ने होला ?’

काठमाडौँ, २३ फागुन । नेपालमा कोरोना भाइरस भित्रने आशंका रहेका बेला सरकारले शिक्षण संस्था बन्द गर्ने कि यहीं अवस्थामा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्नसकेको छैन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आयोजना गरेको बैठकमा निजी विद्यालयका संगठन एनप्याब्सन र अभिभावक महासंघले तत्कालका लागि विद्यालय बन्द गरेर केही दिनपछि परीक्षा सञ्चालन गर्न आग्रह गरेको थियो । प्याब्सनले ५ गतेसम्म परीक्षाको कार्यक्रम सकेर विद्यालय बन्द गर्न सक्ने धारणा राखेको थियो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोलाएको बैठकमा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले करिब १५ दिनसम्म विद्यालय बन्द गर्न सुझाव दिएका थिए ।

उनले गम्भीर समस्या आउनुभन्दा केही दिन अगावै विद्यालय बन्द गर्नु उचित हुने बताउँदै विश्वभर संक्रमण फैलिएर शिक्षण संस्था बन्द गरेको अवस्थामा हामीले परीक्षाका लागि भन्दै खोल्नुको केही औचित्य नभएको बताए ।

तर प्याब्सनले चैत ५ गतेसम्म परीक्षा सञ्चालन गरेपछि केही दिनका लागि विद्यालय बन्द गर्न सुझाव दिएको थियो । प्याब्सन अध्यक्ष टीका पुरीले विद्यालयमा उच्च सतर्कता अपनाउनु बेस हुने भन्दै तत्काल आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ