सरकारकै प्रश्न ‘शिक्षण संस्था खोल्ने कि नखोल्ने होला ?’

काठमाडौँ, २३ फागुन । नेपालमा कोरोना भाइरस भित्रने आशंका रहेका बेला सरकारले शिक्षण संस्था बन्द गर्ने कि यहीं अवस्थामा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय गर्नसकेको छैन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आयोजना गरेको बैठकमा निजी विद्यालयका संगठन एनप्याब्सन र अभिभावक महासंघले तत्कालका लागि विद्यालय बन्द गरेर केही दिनपछि परीक्षा सञ्चालन गर्न आग्रह गरेको थियो । प्याब्सनले ५ गतेसम्म परीक्षाको कार्यक्रम सकेर विद्यालय बन्द गर्न सक्ने धारणा राखेको थियो ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोलाएको बैठकमा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले करिब १५ दिनसम्म विद्यालय बन्द गर्न सुझाव दिएका थिए ।

उनले गम्भीर समस्या आउनुभन्दा केही दिन अगावै विद्यालय बन्द गर्नु उचित हुने बताउँदै विश्वभर संक्रमण फैलिएर शिक्षण संस्था बन्द गरेको अवस्थामा हामीले परीक्षाका लागि भन्दै खोल्नुको केही औचित्य नभएको बताए ।

तर प्याब्सनले चैत ५ गतेसम्म परीक्षा सञ्चालन गरेपछि केही दिनका लागि विद्यालय बन्द गर्न सुझाव दिएको थियो । प्याब्सन अध्यक्ष टीका पुरीले विद्यालयमा उच्च सतर्कता अपनाउनु बेस हुने भन्दै तत्काल आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । यो समाचार आजको नेपाल समाचारपत्र मा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।