अब बैंकमा सुन राख्दा ब्याज पाइने

काठमाडौँ, २३ फागुन । सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यो विषयमा परिपत्रसमेत गरिसकेको छ ।

केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु गरेको हो । योजनामा सामेल हुन अर्थात् सुन निक्षेप गरी ब्याज प्राप्त गर्न भने २५ ग्राम सुन जम्मा गर्नुपर्ने हुन्छ । साढे दुई तोलाभन्दा बढी जम्मा गरेपछि मात्र बैंकहरूले ब्याज दिनेछन् । यसका लागि सुनको शुद्धता कम्तीमा ९ सय ९५ फिटनेस हुनुपर्छ । बैंकहरूले सुनको शुद्धता राख्न छुट्टै मेसिनको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ ।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमै अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्रोत बढाउन सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा स्वीकार गर्ने व्यवस्था गरेका थिए । राष्ट्र बैंकले चालू मौद्रिक नीतिमा थप अध्ययन गरेर कार्यान्वयनमा ल्याउने बताएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज