एन आई सी एशिया क्यापिटलको सेवामा विशेष छुट

काठमाडौँ, २२ फागुन । एन आई सी एशिया क्यापिटल लिमिटेड मिति २०७६ साल फागुन २२ गते संचालनमा आएको तीन वर्ष पुरा गरेको अवसरमा सञ्चालनमा ल्याएको छोटो समयमा नैं मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ ।

साथै क्यापिटलले आफ्नो तेश्रो वार्षिक उत्सवको अवसरमा नयाँ ग्राहकहरुलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको छ । यसको साथै मिति २०७६ साल फागुन २२ गते देखि मिति २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र रुपमा प्रतिशपर्दा रहदा समेत एन आई सी एशिया क्यापिटल संचालनमा आएको तीन वर्षको छोटो अवधिमै निम्न उपलब्धी हाशिल गर्न सफल भएको छ । क्यापिटलको हाल सम्मको प्रमुख उपलब्धीहरुका रुपमा मर्चेण्ट बैंकरहरु मध्ये पहिलो ISO 9001:2015 Certified क्यापिटल, निक्षेप सदस्य तर्फ १ लाख ८३ हजार भन्दा बढी हितग्राही खाता, लगानी व्यवस्थापन सेवा तर्फ ३०० ग्राहकहरुलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको, नेपालमै पहिलो पटक IPO ३७ घन्टमा बाँडफाँट गर्न सफल, सेवाग्राहीहरुलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ संध्याकालीन काउण्टर संचालन गरिरहेको, शेयर रजिष्ट्रार सेवा तर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीहरुलाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको, म्युचुअल फण्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको छ ।

क्यापिटलको तेश्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटलमा हितग्राही खाता खोली शेयर कारोवार गर्नुहुने खाताधारकहरु, क्यापिटलले संचालन गरेको सामूहिक लगानी योजनामा लगानी गनुभएको इकाईधनीहरु, क्यापिटलको लगानी व्यवस्थापन ९एयचतायष्यि ःबलबनझभलत क्भचखष्अभ(एःक्० सेवा लिइरहनु भएका सेवाग्राहीहरु, शेयर रजिष्ट्रार सेवामा आवद्ध कम्पनीहरु तथा नियमक निकायहरु लगायत सम्पूर्ण सरोकारवालाहरुमा समस्त क्यापिटल परिवार हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेको छ । साथै आगामी दिनमा समेत यस क्यापिटलबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखी उच्च कोटिको सेवा उपलब्ध गराउन सदैव कटिवद्ध रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज