नेप्से परिसूचक ५ अंकले घट्यो

काठमाडौँ, २२ फागुन । आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ५ दशमलव ५० अंकले घटेर १ हजार ४ सय ३५ दशमलव ७० अंकमा झरेको हो ।

दिनभर तीब्र उतारचढावका बीच नेस्से ५ अंकले घट्दा अधिकांश उपसमूहरु राताम्मे देखिएका छन् । नेप्सेमा कारोबार हुने ११ उपसमूहहरु मध्ये ५ वटा बढेका छन् भने अन्य सबै राताम्मे देखिएका छन् ।

बैंकिङ उपसमूह १.११ प्रतिशतले घटेको छ भने व्यापार २.०३ प्रतिशतले, होटल १.४५ प्रतिशतले, हाइड्रोपावर ०.९२ प्रतिशतले र उत्पादन मूलक कम्पनी १.३५ प्रतिशतले घटेको छ ।

यसैगरी निर्जिवन बीमा उपसमूह ०.४१ प्रतिशतले तथा म्युचुअल फण्ड १.२९ प्रतिशतले घटेको छ । बढ्नेहरुको सूचीमा विकास बैंक तथा फाइनान्स उपसमूह १.१३ प्रतिशतले, अन्य उपसमूहमा भएका कम्पनीहरु ०.२८ प्रतिशतले, माइक्रोफाइनान्स २.१३ प्रतिशतले र जीवन बीमा उपसमूह ०.९४ प्रतिशतले बढेका छन् ।

दिनभर भएका २२ हजार ५ सय ३१ कारोबारबाट १७९ कम्पनीका ५९ लाख ४० हजार ५ सय ३३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ४५ करोड ७० लाख ९३ हजार ४ सय ६३ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज