सबै एसईई परीक्षा केन्द्रमा हेल्थ डेक्स

काठमाडौँ, २२ फागुन । सरकारले एसईई परीक्षा केन्द्रमा हेल्थ डेक्स राख्ने तयारी गरेको छ । करिब ५ लाखभन्दा बढी विद्यार्थीको सहभागिता हुने परीक्षामा सबै केन्द्रमा हेल्थ डेक्स राख्ने तयारी गरेको हो ।

डेक्स स्थापना गर्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेको थियो । शिक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी डेक्स राख्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षा दिन केन्द्रमा आएका विद्यार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेमा आइसोलेसनमा राख्ने व्यवस्था गर्न लागिएको जानकारी दिँदै भने, ‘आइसोलेसनमा राखेर परीक्षा दिन लगाउनेछौं, आवश्यक परे तत्काल अस्पताल लैजाने व्यवस्था गर्ने तयारी गरेका छौं।

बोर्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई परीक्षा तयारीको विषयमा जानकारी गराउँदा हेल्थ डेक्स राख्न अनुरोध गरेको थियो । मन्त्री पोखरेलले सो विषयमा तयारी भइरहेको जानकारी गराएका बोर्डका अधिकारीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा