सबै एसईई परीक्षा केन्द्रमा हेल्थ डेक्स

काठमाडौँ, २२ फागुन । सरकारले एसईई परीक्षा केन्द्रमा हेल्थ डेक्स राख्ने तयारी गरेको छ । करिब ५ लाखभन्दा बढी विद्यार्थीको सहभागिता हुने परीक्षामा सबै केन्द्रमा हेल्थ डेक्स राख्ने तयारी गरेको हो ।

डेक्स स्थापना गर्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेको थियो । शिक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी डेक्स राख्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षा दिन केन्द्रमा आएका विद्यार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेमा आइसोलेसनमा राख्ने व्यवस्था गर्न लागिएको जानकारी दिँदै भने, ‘आइसोलेसनमा राखेर परीक्षा दिन लगाउनेछौं, आवश्यक परे तत्काल अस्पताल लैजाने व्यवस्था गर्ने तयारी गरेका छौं।

बोर्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई परीक्षा तयारीको विषयमा जानकारी गराउँदा हेल्थ डेक्स राख्न अनुरोध गरेको थियो । मन्त्री पोखरेलले सो विषयमा तयारी भइरहेको जानकारी गराएका बोर्डका अधिकारीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।