पवन प्रकृतिका स्काउटले पकाए भाँडा विना खानेकुरा

ललितपुर, २० फागुन । पवन प्रकृति स्कुल इमाडोल अन्तर्गतको पवन स्काउट ट्रुपमा आवद्ध स्काउटहरुका लागि विना भाडा खाना पकाउने प्रतियोगिता आयोजना गरिएको छ ।

विद्यालय प्रांगणमा आयोजित उक्त प्रतियोगितामा स्काउटहरुले रोटी पकाउनुका साथै अण्डाको अम्लेट र गोलभेडाको अचार बनाएका थिए ।

प्रतियोगिताको लागि ८ वटा स्काउटको समूहलाई २ सय ग्रामको दरले पिठो र ४५ मिनेटको समय दिइएको थियो । अरु सामाग्री स्काउट विद्यार्थी आफैंले जुटाएका थिए भने उनीहरुले दाउरा बालेर इँटामा रोटी पकाएका थिए ।

 

स्काउटलाई जस्तोसुकै अभावको परिस्थितिमा पनि भोकै वस्न नपरोस र पकाउने भाँडाकुडा नहुँदा पनि खाना पकाउन सकुन भनेर विना भाडा खाना पकाउन सिकाए अनुसार सो प्रतिष्पर्धाको आयोजना गरिएको स्काउट गुरु भक्तपुर जिल्ला स्काउटका समन्वय आयुक्त शीवकुमार त्वायनाले बताए । कुकिङ्ग प्रतिष्पर्धाको पत्रकार एव्म स्काउट गुरु बलराम प्यासीले मुल्यांकन गरेका थिए । जसअनुसार कोइली समूह विजयी भएको थियो ।

प्रतिष्पर्धामा विजयी स्काउटलाई विशेष समारोहमा पुरस्कार दिनुको साथै सहभागी सबैलाई कुकिङ्ग व्यायज दिइने विद्यालयका भाइस प्रिन्सिपल विष्णुभक्त राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।