काठमाडौँ, १९ फागुन । सिभिल बैंकले काठमाडौँको बाङ्गेमुढामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ ।
सोमबार एक कार्यक्रमकाबीच सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राजतामाङ्ग तथा काठमाडौँ महानगरपालिका वडा नं २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्तरुपमा शाखाको समुद्घाटन गरे ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मत संभार तथा सजावटको लागि २५ हजार रूपैंया सहयोग गरेको छ ।





