भिजिलान्ते शैलीको हर्कत गर्नेलाई कडा कारवाही गरियोस् : सहसंयोजक तामाङ

काठमाडौँ, १८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आज भएको दुव्यवहारको कडा रुपमा खण्डन गर्दै उक्त भिजिलान्ते शैलीका हर्कत गर्नेलाई कडा दण्डित गर्न माग नर्गुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उहाँले उक्त कुरामा जोड दिनुभएको हो । उहाँले भन्नुभएको छ, ‘अध्यक्ष कमरेड प्रचण्ड माथिको आजको अभद्र ब्यबहार निन्दनीय छ । साथै कुनै पनि राजनीतिज्ञ माथिको यस्तो हर्कत बिलकुल ठिक होईन । यस्ता उदण्डता र अराजकताले राजनीतिलाई बद्नामित गर्दछ ।

त्यो भन्दा बढि आजको युवा पुस्ता हरेकको बिचार सुन्ने, फरक बिचारको सम्मान गर्ने लोकतन्त्रिक बिधि पद्दतिलाई आत्मसात गर्ने धैर्यता नराख्नु बिडम्बनापुर्ण छ । हाम्रो राजनीतिक सर्कलमा राजनीतिक सोचबुझ भएको जमात कम हुदै जादा राजनीतिम यस्ता लठैत गैरराजनितिक,टोले मनस्थितिका भिडहरु जम्मा हुदै गईरहेका छन् ।

एकपटक सोचौ त यस्तो प्रबृत्तिको पुस्ता राजनीतिको कार्यकारी जिम्मेवारीमा कथंकदाचित पुगि हाल्यो भने देश र राजनीतिक प्रबृत्ति कस्तो होला रु कस्तो बनाउला रुरु देशको राजनीतिमा समस्याहरु छन्, राजनीतिक दलहरु भित्र पनि समस्याहरु छन्, तर यो तरिका सबैले अपनाउने हो भने देशको राजनीति ठिक होला त  ??

तसर्थ भिजिलान्ते शैलीका यस्ता हर्कत दण्डनिय छन् । यस प्रकारको हरकत गर्नेलाई हदै सम्मको कानुनी कारबाही होस । बाकी कुरा उ संगको राजनीतिक र बैचारिक बहस उ छुटेपछि अनेरास्वबियूले गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा