नेप्से परिसूचक घट्यो, कारोबार रकममा भने उल्लास

काठमाडौँ, १८ फागुन । साताको पहिलो दिन आइतबार सेयर कारोबार मावक नेप्से परिसूचक ४० दशमलव ८२ अंकले घटेको छ । गत बिहीबारमात्रै १ हजार ६ सय माथि पुगेको नैपसे परिसूचक घटेर १ हजार ५ सय ९१ दशमलव ३६ अंकमा झरेको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकममा उल्लास देखिएको छ । काराबार रकम ५ अर्ब नजिक पुगेको छ । दिनभर भएका ३९ हजार २ सय ८९ कारोबारबाट १८३ कम्पनीका १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता सेयर किनबेच भएका छन् ।

जस अनुसार कारोबार रकम ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आइतबार लगानीकर्ताहरु धेरै बैंकिङ क्षेत्रमै झुम्मिए ।

कारोबार रकमका आधारमा एनएमबि बैंक पहिलो नम्बरमा देखिएको छ । एनएमबिको मात्रै २६ करोड ६३ लाख ७४ हजार १ सय ९७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो नम्बरमा देखिएको ग्लोबल आइएमईको आइतबार २५ करोड ८५ लाख रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।

तेस्रो नम्बरमा भने २४ करोड ६४ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएर नेपाल लाइफ इन्स्यारेन्स देखिएको छ । कारोबा रकमका आधारमा एनआइशी एशिया बैंक र नेपाल बैंक चौथौं र पाँचौ नम्बरमा देखिएका छन् ।

यि बैंकहरुको क्रमशः २१ करोड ८८ लाख ९४ हजार ९ सय ८८ र १७ करोड १९ लाख ९३ हजार १ सय २२ रुपैयाँको सेयर किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज