त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत प्रदेश एकका विद्यार्थी संगठित

काठमाडौँ, १७ फागुन । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा अध्ययनरत प्रदेश नं. १ का विद्यार्थी संगठित भएका छन् ।

प्रदेशका १४ वटा जिल्लाका विभिन्न गाउँ र शहरबाट त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थीको एकता, सहकार्य र रचनात्मक कार्य गर्नकालागि सबै विद्यार्थीहरुलाई एकिकृत गर्ने प्रयास थालिएको एमएड दोश्रो सेमेष्टर अध्ययनरत तेह्रथुमका मनकुमार फोम्बोले बताए ।

विद्यार्थीहरुको भेलाले रोहित काफ्लेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रोशन राना र भक्तिप्रसाद रेग्मी, सचिवमा भविशंखर राई, सहसचिवमा देव लिम्बु, सुरक्षा निरौला र अशिम आचार्य तथा कोषाध्यक्षमा सपना ताजपुरिया चयन भएका छन् ।

यस्तै भेलाले सांस्कृतिक तथा साहित्य विभाग प्रमुखमा विपिन विक, खेलकुद विभाग प्रमुखमा लोकेन दाहाल, प्रचार प्रसार विभागमा दिपक लिम्बु, आर्थिक विभागमा सपना ताजपुरियालाई चयन गरेको छ । समितिको सदस्यहरुमा पवन अधिकारी, प्रेक्षा राई, हिमाल खड्का, मिना कार्की, सुजन अधिकारी र युवराज कार्की सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।