काठमाडौँ, १६ फागुन । सिद्धार्थ बैंकले एकै साथ दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले स्याङ्जाको वालिङमा र ललितपुरको हात्तीवनमा एकै साथ सञ्चालनमा ल्याएको हो ।
दुवै नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा संख्या १८२ (३ एक्स्टेन्सन् काउन्टरसहित) पुगेको छ ।





