साताको सेयर

काठमाडौँ, १६ फागुन । साताभरमा शेयर बजार परिसूचक नेप्से १ सय ८७ दशमलव ६ अंकले बढेको छ । करिब १ हजार ६ सय ३२ अंकको बिन्दुमा कायम भएको यस साताको बजारमा करिब १८ अर्ब ६३ करोड रुपैंया बढीको कारोबार भएको छ ।

नेप्सेले एक सातामै करिब १८ अर्ब ६३ करोड रुपैंया बराबरको कारोबार गरेको छ । यस साता नेप्से १ सय ८७ दशमलव ६ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १ सात अंकको विन्दुमा कायम भएको छ ।

साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से ६९ दशमलव ५ छ अंकले बढ्दै १ हजार ५ सय ४ दशमलव १ चार अंकको विन्दुमा पुगेको थियो भने करिब ३ अर्ब ६० करोड रुपैंया बराबरको कारोवार भएको थियो ।

सोमबार नेप्से परिसूचक १ दशमलव ९ छ अंकले घटेर १ हजार ५ सय २ दशमलव १ आठ अंकको विन्दुमा कायम भएको थियो भने करिब ३ अर्ब ४१ करोड रुपैंया बराबरको कारोवार भएको थियो ।

मंगलबारको बजारमा करिब २ अर्ब ९९ करोड रुपैंयाको कारोबार भएको थियो भने नेप्से ४३ दशमलव शुन्य २ अंकले बढ्दै १ हजार ५ सय ४५ दशमलव १ नौ अंकको विन्दुमा कायम भएको थियो ।

बुधबार भने शेयर बजारको इतिहास मै पहिलो पटक सबै भन्दा धेरै दैनिक कारोबार गरेको थियो । यसदिन शेयर बजार परिसूचक नेप्से ५० दशमलव ९ तिन अंकले बढेर १ हजार ५ सय ९६ दशमलब ४ तिन अंकको विन्दुमा कायम भएको थियो ।

बुधबार शेयर बजारमा करिब ४ अर्ब १५ करोड रुपैंया बराबरको कारोबार भएको थियो । त्यसैगरी साताको अन्तिम कारोबारको दिन बिहिबार भने ३६ दशमलव शुन्य ५ अंकले बढ्दै १ हजार ६ सय ३२ दशमलव १ सात अंकको विन्दुमा पुगेको थियो ।

बिहिबार बजारमा करिब ४ अर्ब ४६ करोड रुपैंया बराबरको कारोवार हुदा बजारले हालसम्म कै नयाँ रेडर्क कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक