काठमाडौँ, १६ फागुन । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ५ सयले घटेर छापावाला सुन ७९ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७८ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





