एजेन्सी, १६ फागुन । म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा पुगेको छ ।
बिहीबार भएको खेलमा क्लब ब्रुगलाई ५-० ले हराएको युनाइटेड समग्रमा ६-१ ले विजयी हुँदै अन्तिम १६ मा पुगेको हो ।
यस जितमा युनाइटेडले खेलको २७, ३४, ४१, ८२ र ९०+३ मिनेटमा गोल गरेको थियो । उसका लागि यी गोलहरू क्रमशः ब्रुनो फेर्नान्डेस, ओडियन इग्हालो, म्याकटोमिनी र फ्रेडले गरेका हुन् ।






