काठमाडौँ, १५ फागुन । साताको अन्तिम आज बिहीबार पनि सेयर कारोबार मापक नेप्से परिसूचकमा बढेको छ ।
नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको हो । नेप्से परिसूचक ३६ दशमलव ०५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ मा पुगेको छ । बुधबारको तुलनामा यो २ दशमलव २६ प्रतिशतले बढी हो ।
सेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड कायम भएको छ । बिहीबार ४ अर्ब ४६ करोडको कारोबार भए नयाँ रेकर्ड कायम भएको हो ।
दिनभर भएका ३५ हजार ४ सय ६७ काराेबारबाट एक कराेड ८ लाख ५९ हजार ६ सय कित्ता सेयर किनबेच भएर नयाँ रेकर्ड कायम भएकाे हाे । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको बिहीबार २८ करोड ९२ लाख रुपैयाँ भन्दा धेरै रकमको सेयर किनबेच भएको छ ।
कारोबार रकमका आधारमा दोस्रो नम्बरमा एनआइशी एशिया बैंक र एनएमबि बैंक देखिएको छ । यि बैंकहरुको क्रमशः २० करोड ५९ लाख ४६ हजार ५ सय ५ रुपैयाँ र १५ करोड ७० लाख ६१ हजार २ सय ३८ रुपैयाँको सेयर बिनबेच भएका छन् ।






