काठमाडौँ, १५ फागुन । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज अष्ट्रेलियाले जितेको छ ।
बुधबार राति केप टाउनमा भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा दक्षिण अफ्रिकालाई ९७ रनले हराएर अष्ट्रेलियाले सिरिज २–१ ले सिरिज जितेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ९४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिका १५ ओभर ३ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो ।






