उज्ज्वल आलेमगर ‘करियर गायन आइकन-२०७६’

काठमाडौँ, १४ फागुन । विद्यार्थीमा रहेको गायन क्षमतालाई उजागर गर्ने उद्धेश्यले हरेक वर्ष पेप्सीकोला, टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीले आयोजना गर्दै आएकोे ‘करियर सिंगिङ्ग आइकन-२०७६’सम्पन्न भएको छ ।

५२ जना प्रतिष्पर्धि रहेको उक्त प्रतियोगितामा यो वर्ष कक्षा ९ का उज्ज्वल आले मगरले ‘करियर सिंगिङ्ग आइकन—२०७६’ को टाइटल जिते । यसैगरि कक्षा ९ का आशिष तामाङ्गले फस्र्ट रनर अप र ८ कक्षाका रिदम खड्काले सेकेण्ड रनर अप जिते ।

विद्यालयका प्रिन्सिपल हेम राईले ‘करियर सिंगिङ्ग आइकन—२०७६’ का टाइटल विजेता उज्ज्वललाई टाइटल सहितको ट्रफि, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो भने फस्र्ट र सेकेण्ड रनर अप भएका आशिष र रिदमलाई पनि पदक र प्रमाणपत्र वितरण गर्नुभयो । गतवर्ष ८ कक्षाकी प्रकृति सुवेदीले उक्त टाइटल जितेकी थिइन् ।

यसैगरि प्रिन्सिपल राईले श्रमशिल विद्यापीठले आयोजना गरेको ‘उपत्यकाव्यापी श्रमशिल कप अन्तरविद्यालय बुद्धिचाल’ प्रतियोगितामा चौथो स्थान प्राप्त गरि पुरस्कार जितेका करियर स्कुलका अशिम गिरीलाई पनि विद्यालयको प्रार्थना सभामा वधाई दिएर सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ