काठमाडौँ, १३ फागुन । आज शेयर बजार परिसूचक नेप्सेमा ४३ दशमलव शुन्य २ अंकको वृद्धि भएको छ ।
करिब २ अर्ब ९९ करोड रुपैयाको कारोबार भएको मंगलबारको बजार १ हजार ५ सय ४५ दशमलव १ नौ अंकको बिन्दुमा कायम भएको छ ।आज शेयर बजार परिसूचक नेप्से करिब ४३ अंकले बढ्दा २८ महिना यताकै उच्च बिन्दुमा पुगेको छ ।
मंगलबार नेप्से ४३ दशमलव शुन्य २ अंकले बढ्दै १ हजार ५ सय ४५ दशमलव १ नौ अंकको बिन्दुमा कायम भएको छ । मंगलबार बजार खुलेको केहि समयपछि ओरालो लाग्दै २० अंकसम्म तल झरेको थियो । लगत्तै ६३ अंकको सुधार आउदै अघि बढेको नेप्सेमा मंगलबार कारोबार पनि उत्साहजनक देखिएको छ ।
आज १ सय ८० कम्पनीको करिब २ अर्ब ९९ करोड रुपैंया बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका सबै समूहका सूचक बढेको छ । जीवन बीमा, अन्य, व्यपार, जलविद्युत तथा उत्पादनमुलक समूहमा मंगलबार उच्च वृद्धि देखिएको छ ।
सबैभन्दा धेरै हिमालयन डिष्टलरीको १६ करोड रुपैंया बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी आज सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोको तीन प्रतिशतले शेयर मूल्य घटेको छ ।






