एजेन्सी, १३ फागुन । प्रियिमर लिग फुटबलमा लिभरपुलले जित निकालेका छ ।
सोमबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई हराएको हो । जितसँगै लिरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो ।
यो सिजनमा लिभरपुलले एक खेलमा मात्र बराबरी खेलेको छ । बाँकी सबै खेलमा लिभरपुलले जित हात पारेको हो । लिभरपुलका लागि जर्जिन्हो विजनाल्डमले खेलको नवौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
जितसँगै लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ । २७ खेल खेलेको लिभरपुलको ७९ अंक छ ।







