हामी मानवता बचाउँद्वारा सुर्खेतका विद्यार्थीलाई लाइफ ज्याकेट वितरण

सुर्खेत, ११ फागुन । ‘हामी मानवता बचाउँ’ कोटेश्वर—३२, काठमाडौँले सुर्खेतको अन्तिम विन्दु बिजौरा चौकुने गाउँपालिका—४स्थित श्री जगन्नाथ माध्यमिक विद्यालयका ५५ जना विद्यार्थीलाई सेफ्टी लाइफ ज्याकेट सहयोग गरेको छ ।

साँघुरो काठे डुंगा चप्पलको सहाराले खियाँउदै ज्यानको बाजी लगाउँदै ति विद्यार्थीहरु करीव ३०० मिटर लामो कर्णाली नदी तरेर मोहन्याल गाउँपालिका—३, कैलालीबाट उनीहरु विद्यालय जाने गर्थे ।

उक्त संस्थाका संरक्षक राम लम्साल, वरिष्ठ सचिव सिताराम चटौत र सदस्यद्वय जित बहादुर चन्द र प्रेम प्रकाश आत्रेय पौडेल सहितको टोलीले ति विद्यार्थीहरुलाई सेफ्टी लाइफ ज्याकेट वितरण गरेका थिए । टोलीले ति विद्यार्थी चढ्ने गरेको काठे डुंगा र उनीहरुको संघर्षपूर्ण दृष्य पनि हेरेका थिए ।

उक्त सेफ्टी लाइफ ज्याकेट वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हित प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने सोही वडाका अध्यक्ष नमराज जैशी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद ढकाल सहितको उपस्थितिमा कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यपक ठम्बर बहादुर बिसीे गरेका थिए ।

हामी मानवता बचाउँका संरक्षक राम लम्सालले संर्घषपूर्ण रुपमा विद्यालय आउन चाहने विद्यार्थीहरुको आत्मवल बढाउन र साच्चै नै देश विकास होस भन्ने चाहने हो भने सरकारले त्यस ठाउँमा यथाशिघ्र पुल निर्माण गर्नुपर्ने बताए ।

उक्त कार्यमा बोल्दै स्थानिय वासीहरुले पुल निर्माणकै लागि ३ पटकसम्म सर्भे भएको तर पुल निर्माणको कार्य भने अहिलेसम्म केही नभएको भन्दै गुनासो समेत गरेका थिए । स्थानिय वासीहरुको उक्त गुनासो सुनेपछि संस्थाको तर्फबाट बोल्दै राम लम्सालले आउदो २ वर्षसम्म पुल निर्माण हुन नसकेमा संस्थाले डुंगा उपलबध गराईदिने बताए ।

त्यसका लागि मोहन्याल गाउँपालिका र चौकुने गाउँपालिका दुइटै मिलेर एउटा नयाँसमिति गठन गरी मासिक पारिश्रमिक तय गरि एक माझीको समेत नियुक्ति गरेमा र बिहान ९ देखि १० बजेसम्म र बेलुका ४ देखि ५ बजेसम्मको समय विद्यार्थीहरुलाई प्राथमिकता दिने हो भने अरु समयमा स्थानिय बासीहरुले नै प्रयोग गरे पनि सबैलाई सहज हुने कुराको समेत सुझाव दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत हित प्रसाद पौडेलले पुल निर्माणको लागि सर्वे भइसकेको जानकारी दिए भने ‘हामी मानवता बचाउँ’ संस्थाका वरिष्ठ सचिव सिताराम चटौतले संस्थाले गरेको कार्यहरुको बारेमा प्रकाश पार्नुका साथै भावि कार्यहरुको समेत जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ