काठमाडौँ, १० फागुन । जर्मन बुन्डेसलिगा फुटबलमा रोबर्ट लेवान्डोस्की चम्किएपछि बायर्न म्युनिखले पाडेरबोर्नमाथि रोमाञ्चक जित निकालेको छ ।
सुक्रबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले पाडेरबोर्नलाई ३–२ गोलले हराउदै रोमाञ्चक जित हासिल गरेको हो । जितसँगै शीर्ष स्थानमा रहेको बायर्नले २३ खेलबाट ४९ अंक बनाएको छ ।
दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ४५ अंक छ लेइपजिगले एक खेल कम खेलेको छ । बायर्नसँग हारेको पाडेरबोर्न १६ अंक सहित अन्तिममा छ ।






