ग्रामरको शैक्षिक प्रदर्शनी हेर्न प्रहरीदेखि, अभिभावक र विद्यार्थी

काठमाडौँ, ९ फागुन । स्नातक तहसम्म पढाई हुने कोटेश्वरको ‘क’ श्रेणीको ग्रामर स्कुल/कलेजले विहीबार आफ्नै स्कुल/कलेज परिसरमा भव्य शैक्षिक प्रदर्शनीको आयोजना गर्यो ।

स्कुलको नर्सरीदेखि स्नातक तहसम्मका करीव १ हजार ४०० विद्यार्थी र शिक्षकहरु समेतको प्रत्यक्ष सहभागितामा विभिन्न विषयको शैक्षिक सिर्जना, कला, खेलकूद, स्काउटिङ्ग र विभिन्न वैज्ञानिक आविश्कार लगायतका एकसयभन्दा बढी स्टल रहेको थियो ।

उक्त प्रदर्शनी हेर्न नयाँबानेश्वरदेखि कोटेश्वरसम्मका प्रहरी प्रमुखदेखि विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीका साथै ग्रामर स्कुलका विद्यार्थी र अन्य विद्यालयका विद्यार्थीका अभिभावकहरुको लामवद्ध घुँइचो थियो ।

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मी, महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइवा, सामुदायीक प्रहरी सेवा केन्द्रका प्रमुख प्रसनि राजेन्द्र सिंह पुजारा, मनोहरा सम्पदा समाजका अध्यक्ष पदमकुमार रेग्मी, वरिष्ठ पत्रकार बलराम प्यासीलगायत अभिभावक र अन्य विद्यालयका विद्यार्थी र अभिभावक समेत गरी दुईहजार भन्दा बढीले सो शैक्षिक प्रदर्शनी अवलोकन गरेका थिए ।

प्रदर्शनीमा कक्षागत विषय अनुसारको विभिन्न प्रस्तुतिको साथै साना विद्यार्थीले एसओएस सेरामिकमा गएर आफुले बनाएका माटाका भाँडाकुडादेखि विज्ञान, प्रविधि, सडक जाम नहुने गरि बनाइएको स्मार्ट सिटी र स्मार्ट ट्राफिक सिस्टम, डान्सिङ्ग रोबोट, सिक्का छान्ने मेशिन, बाल्टीनमा फोहोर भरिएपछि आवाज दिने ‘स्मार्ट डस्टबिन’ र फोहोर पानी छान्ने ‘ग्रामर फिल्टर’ सबैको चासोको विषय रहेको थियो ।

स्काउटिङ्ग स्टल, कराते स्टल, विद्यार्थीबाट सञ्चालिक स्वास्थ्य शिवीर, सांस्कृतिक र परम्परागत पोशाक लगाएका भेषभुषा प्रर्दशनी, विभिन्न जातजातिका नृत्य प्रस्तुति, भ्वायोलिन वादन, होटेल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीद्वारा तयार गरिएको विभिन्न परिकारका खानेकुराको स्टला दर्शकको भीड देखिन्थ्यो । प्रदर्शनी हेर्न आएकाहरुको वयवस्थापन गर्न ग्रामर स्काउट ट्रुपका स्काउटहरु खटिएका थिए ।

विद्यालय हातामा आयोजित भव्य प्रदर्शनी हेर्न आगन्तुक अभिभावक र विद्यार्थीलाई कम्तीमा पनि २ देखि ३ घण्टाको समय लागेको थियो ।

प्रदर्शनी हेर्न आएका महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मी र महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइवालाई ग्रामर फाउण्डेशनका अध्यक्ष पुरन्जन राई र विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राईले मायाको चिनो प्रदान गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राईले धन्यवाद व्यक्त गरेका थिए ।

वर्षभरी विद्यार्थीहरुले कक्षामा पढेका र सिकेका विषयलाई व्यवहारिकरुपमै बुझेको प्रमाण अरुलाई देखाउन उक्त प्रर्दशनी आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।