युरो किङ्गडम स्कुलमा अन्तर बिद्यालय चित्रकला प्रतियोगीता सम्पन्न

काठमाडौँ, ९ फागुन । हिमालय एजुकेशन नेटवर्क अन्तरगत संचालित शैक्षिक सञ्जाल अन्तरगत युरो किङ्गडम स्कुल सिफल कालोपुलमा अन्तरविद्यालय चित्रकला प्रतियोगीता सम्पन्न भएको छ ।

प्रतियोगीतामा उपत्यकाका ३ जिल्ला काठमाडौं,ललितपुर र भक्तपुरका २० बिद्यालयबाट एक सय विद्यार्थीको सहभागिता रहेको थियो ।

कक्षा १ र २ (क) समुहका विद्यार्थीलाई विषयबस्तु मेरो मस्तिष्कमा के छ ? दिईएको थियो भने ३ देखि ५ कक्षासम्मका (ख)लाई नेपालको सांस्कृतिक सम्पदा र ६ देखि ८ सम्मका (ग) समुहका बिद्यार्थीलाई विषयवस्तु मेरो नेपाल मेरो गर्व दिईएको थियो ।

३ समुहमा आयोजित प्रतियोगीतामा क समुहतर्फ सिफल माविकी रिधिका गुरुङ्ग, ख मा रिब्सका सेजल वस्नेत र ग अन्तर्गत कैलाश बोधी माविका विबेक अधिकारीले उपाधी हात पारेका छन् ।

दोस्रो स्थानमा क तर्फ सिफल माविका आर्षित खनाल, ख तर्फ रिब्सकी पायल थापा र ग तर्फ बिश्व बोधी विद्यालयका प्रज्वल मगरले विजय हासिल गरे ।

यसैगरी तस्रो स्थानमा क तर्फ भक्तपुर निष्ट स्कुलका एलेक्स ऐयर ख तर्फ लिटल फ्लावरकी सम्बृद्धि श्रेष्ठ र ग तर्फ रिब्सकी हिमानी थापाले विजय हासिल गरेका छन् ।

बिजयी विद्यार्थीलाई ट्रफी तथा प्रमाणपत्र र सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा नेपालका अग्रज चित्रकारद्धय राधेश्याम मुल्मी र अशोकमान सिंह प्रतियोगीताको निर्णायक रहनुभएको थियो ।

सो अवसरमा बोल्दै चित्रकार मुल्मीले चित्रकला संचारको भरपर्दो बिषय भएको उल्लेख गर्दै चित्रकलाको माध्यमबाट समस्त कला, संस्कृति र रहनसहनको प्रस्तुति गर्न सकिने वताउनुभयो ।

विद्यालयका अध्यक्ष सागर मानन्धरले बिजेता तथा सहभागी विद्यालय तथा विद्यार्थीलाई वधाई एबं कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ