युरो किड्सका विद्यार्थीको कराते बेल्ट ग्रेडिङ्ग

भक्तपुर, ९ फागुन । भक्तपुर युरो किड्स सल्लाघारीका युरो सिनीयरदेखि ३ कक्षासम्मका साना कराते खेलाडीको बेल्ट प्रमोशन गरिएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका महासचिव वचन देउजाको प्रमुख आतिथ्यतामा भएको कराते बेल्ट ग्रेडिङ्गमा कराते खेलसंग सम्वन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कराते बेल्ट ग्रेडिङ्गमा धनुषा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कमल किशोर चौधरी, खेलपत्रकार श्रीलोचन राजोपाध्याय, स्थानीय समाजसेवीहरु सुनिल अधिकारी, यादव प्रसाद अधिकारी, अञ्जान बस्नेतलगायतको सहभागिता थियो ।

विद्यालयका अध्यक्ष नवराज काफ्लेको सभापतित्वमा सम्पन्न कराते बेल्ट ग्रेडिङ्गमा विद्यालयकी संस्थापक प्रिन्सिपल सम्झना गिरीले साना विद्यार्थीहरुमा खेलकूदको महत्वबारे प्रकाश पारेकी थिईन । कार्यक्रमको संयोजन रविन पोखरेलले गरेका थिए । हप्तामा दुईदिन कराते गुरु रविन पोखरेलले ति विद्यार्थीहरुलाई कराते सिकाउँदै आएका छन् ।

कार्यक्रममा शारिरीक सुगठनका विजेता खेलाडी डेभिड बलामी र कविन्द्र बस्याल तथा कराते प्रशिक्षकहरु घुर्मी शेर्पा, प्रकाश श्रेष्ठ, सुनिल नकर्मी, मकर श्रेष्ठ र कविन्द्र बस्याललाई विद्यालयको तर्फबाट अध्यक्ष काफ्ले र संस्थापक प्रिन्सिपल गिरीले सम्मान गरेका थिए । कार्यक्रममा भिएचएस जर्मनीका स्वयमसेवक शैला वेफेन र लिना हयाभ्करको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।