नेप्सेमा हालसम्मकै उच्च कारोबार

काठमाडौँ, ९ फागुन । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीवार रू २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार भयो ।

यस अघि २०७३ साउन ११ गते रू २ अर्ब ७५ करोड बराबरको कारोबार भएको थियो । नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी २ अर्बभन्दा बढी नाघेको यो १९औं पटक हो ।

बिहीवार नेप्सेमा १८० कम्पनीको ५८ लाख २९ हजार ५१० कित्ता शेयरको किनबेच भयो । साथै, नेप्से परिसूचक पनि २२ महीना यताकै उच्च १ हजार ४३४ दशमलव ५७ विन्दुमा पुग्यो । यसअघि २०७५ वैशाख ९ गते नेप्से परिसूचक १ हजार ४३८ दशमलव ४९ विन्दु रहेको थियो । त्यसयता, निरन्तर ३ वर्षभन्दा बढी ओरालो लागेको धितोपत्र बजारमा पछिल्लो केही समययता उकाले लाग्ने क्रममा छ ।

बिहीवार कारोबारको सबैभन्दा ठूलो अंश शिवम् सिमेन्टले ओगटेको छ । शिवम्को २ लाख ५६ हजार ९०२ कित्ता शेयरको किनबेच हुँदा रू। १७ करोड २ लाख १३ हजार बराबरको कारोबार भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज