काठमाडौँ, ८ फागुन । भोली शुक्रबारदेखि रिलिज हुने फिल्म ‘आमा’ देशभरका मल्टिप्लेक्समा बुकिङ पनि खुलिसकेको छ ।
फिल्म‘आमा’को निर्माणपक्षले काठमाडौँका केही चलचित्र घरमा आफ्नो आमासँग चलचित्र हेर्न पुग्दा निःशुल्क हेर्न पाउने घोषणा गरेको छ ।
निर्देशक दीपेन्द्र के खनालका अनुसार काठमाडौँको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने छ । फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।





