काठमाडौँ, ७ फागुन । आज बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा ४ सयले बढेर छापावाला सुन ७७ हजार १ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार ८ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बढेसँगै कारोबारमा कमी आएको व्यवसायीले बताएका छन् ।






