करियर स्कुलको टोली रोबोटिक्स प्रदर्शनीमा सर्वाेत्कृष्ट

काठमाडौैंँ, ६ फागुन । खुड्किला,‘इन्नोभेसन घर नेपाल’द्वारा कान्तिपुर सीटि कलेज पुतलीसडकमा आयोजना गरेको रोबोटिक्स प्रतिष्पर्धा र पर्दशनीमा पेप्सीकोला टाउनप्लानिङ्गको करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीे सर्वाेत्कृष्ट भएको छ ।

करियरका कक्षा ९ का विद्यार्थीहरु सौजन्य खड्का, लसता तुलाधर, प्रत्युष उप्रेती, कृष्ण भण्डारी र सुस्मा श्रेष्ठ सम्मिलित टोलीले बनाएको ‘इलेक्ट्रोनिक्स कोड लक सिस्टम’ ले प्रतिष्पर्धामा सहभागी भएका अन्य २४ वटा विद्यालयलाई उछिनेर पहिलो पुरस्कार जितेको हो ।

यसैगरि करियर स्कुलकै ६ कक्षाका विद्यार्थीहरु आरसी गौतम, अनिश श्रेष्ठ, विशाल ठाकुर, निर्जला बानियाँ र सामो तामाङ्गले बनाएको ‘रोबोटिक्स रेस फर द हाइड्रो इलेक्ट्रिक मिशन’ ले रोबोटिक्स टास्क च्यालेन्ज प्रतिष्पर्धा र प्रर्दशनीमा तेस्रो स्थान पायो । टोलीमा करियरका रोबोट र रोबोटिक्स गुरु राजेन्द्र दुलाल पनि सहभागी थिए ।

राजधानीका २५ वटा विद्यालयका १०५ वटा रोबोट र रोबोटिक्सका आयोजना प्रतिष्पर्धा र प्रदर्शनीमा राखिएका थिए ।

केही वर्ष अघिदेखि करियर स्कुलमा नियमितरुपमा शुरु गरिएको रोबोट र रोबोटिक्स कक्षाका कारण राजधानीका अन्य विद्यालयभन्दा करियर स्कुलको रोबोटिक्स टिम अग्रणी रहेको कुरा कान्तिपुर सीटि कलेजमा आयोजना गरिएको रोबोटिक्स प्रतिष्पर्धा र पर्दशनीले पुष्टि गरेको करियर स्कुलका शैक्षिक प्रमुख दिपेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले १२-१४ कात्तिकसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङ र

काठमाडौँ, ११ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

धनगढी, ११ कार्तिक । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएको साढे ९ लाख बढिको सामानसहित पिकअप जिप बरामद गरेको

जनकपुरधाम, ११ कार्तिक । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।