काठमाडौैंँ, ६ फागुन । खुड्किला,‘इन्नोभेसन घर नेपाल’द्वारा कान्तिपुर सीटि कलेज पुतलीसडकमा आयोजना गरेको रोबोटिक्स प्रतिष्पर्धा र पर्दशनीमा पेप्सीकोला टाउनप्लानिङ्गको करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीे सर्वाेत्कृष्ट भएको छ ।
करियरका कक्षा ९ का विद्यार्थीहरु सौजन्य खड्का, लसता तुलाधर, प्रत्युष उप्रेती, कृष्ण भण्डारी र सुस्मा श्रेष्ठ सम्मिलित टोलीले बनाएको ‘इलेक्ट्रोनिक्स कोड लक सिस्टम’ ले प्रतिष्पर्धामा सहभागी भएका अन्य २४ वटा विद्यालयलाई उछिनेर पहिलो पुरस्कार जितेको हो ।

यसैगरि करियर स्कुलकै ६ कक्षाका विद्यार्थीहरु आरसी गौतम, अनिश श्रेष्ठ, विशाल ठाकुर, निर्जला बानियाँ र सामो तामाङ्गले बनाएको ‘रोबोटिक्स रेस फर द हाइड्रो इलेक्ट्रिक मिशन’ ले रोबोटिक्स टास्क च्यालेन्ज प्रतिष्पर्धा र प्रर्दशनीमा तेस्रो स्थान पायो । टोलीमा करियरका रोबोट र रोबोटिक्स गुरु राजेन्द्र दुलाल पनि सहभागी थिए ।
राजधानीका २५ वटा विद्यालयका १०५ वटा रोबोट र रोबोटिक्सका आयोजना प्रतिष्पर्धा र प्रदर्शनीमा राखिएका थिए ।

केही वर्ष अघिदेखि करियर स्कुलमा नियमितरुपमा शुरु गरिएको रोबोट र रोबोटिक्स कक्षाका कारण राजधानीका अन्य विद्यालयभन्दा करियर स्कुलको रोबोटिक्स टिम अग्रणी रहेको कुरा कान्तिपुर सीटि कलेजमा आयोजना गरिएको रोबोटिक्स प्रतिष्पर्धा र पर्दशनीले पुष्टि गरेको करियर स्कुलका शैक्षिक प्रमुख दिपेन्द्र श्रेष्ठले बताए ।








