काठमाडौँ, ५ फागुन । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
आज सुन स्थिर रह्दै छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ भने तेजाबी सुन ७६ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





