काव्यको अभिभावक दिवसमा नगदसहित शिक्षकहरु सम्मानित

काठमाडौँ, ५ फागुन । ‘विद्यार्थीलाई गृहकार्य नदिने’ विद्यालयको रुपमा परिचित काव्य स्कुल नयाँबानेश्वरको एघारौंैं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमका साथै विद्यालयमा १० वर्षदेखि सेवारत शिक्षक र कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेहरुमा नेपाल स्काउटका निवर्तमान तदर्थ समितिका सदस्य एवम् स्काउट गुरु देवदुत अधिकारी, शिक्षकत्रय ठमनाथ लम्साल, सविना श्रेष्ठ र कैलाश राई, नवौं दक्षिण एशियाली खेलकूद सागमा स्वर्ण पदक विजेता विजय सिंजालीका साथै कर्मचारीद्वय रवीन्द्र थापा र भगवान खत्री छन् ।

उनीहरुलाई भूमि व्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम, काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, संस्थापक निर्देशकहरु दिलिप थापा, रिजन खड्का, सुनिलकुमार घर्ती र प्रेमराज अर्यालले शिक्षक र कर्मचारीलाई जनही नगद १० हजार, ताम्रपत्र र दोसल्लाद्वारा सम्मान गरेका थिए ।

सोही अवसरमा विद्यालयको सुलोचना सदनलाई उत्कृष्टताको ट्रफि प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले नेपालको शैक्षिक विकासमा काव्य स्कुलले पुर्याएको योगदानको चर्चा गरे ।

विद्यालयका संस्थापक निर्देशक धर्मेन्द प्रकाश राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले विद्यालयको १० वर्षे प्रगती विवरण प्रस्तुत गर्दै काव्य स्कुलका सबै विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन अव्वल र सक्षम बनाउन कुनै कसर बाँकी नराखेको बताए ।

कार्यक्रममा अभिभावक लक्ष्मी पोखरेलले पनि बोलेकी थिइन् । त्यस अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमको साथै कराँतेका कला पनि प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ