कोरोना संक्रमण र मृत्युदर घटेको चीनको दावी

एजेन्सी, ४ फागुन । कोरोना भाइरसका नयाा संक्रमितको संख्या र मृत्युदर लगातार घटेक चीनले दावी गरेको छ । रोग नियन्त्रण र सावधानीमा सरकारले गरेका प्रयासहरुले नतिजा देखाउन थालेको अधिकारीहरुले बताएका छन् ।

सरकारी तथ्यांक अहिलेसम्म चीनमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ हजार नाघेको छ भने मृतकको संख्या एक हजार ६६५ पुगेको छ । चीन बाहिर करिब ३० देशमा ५०० संक्रमित भेटिएका छन् भने चार जनाको मृत्यु भएको छ । फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एकएक जनाको मृत्यु भएको छ ।

चीनको नेशनल हेल्थ कमिसनका प्रवक्ता मि फाङले भने, ‘कोरोना भाइरसको प्रसार रोक्न चीनले जुन उपाय अपनाएको छ, त्यसको प्रभाव देखिन थालेको छ ।’

आइतबार अधिकारीहरुले २ हजार ९ जना संक्रमित थपिएको र थप एक सय ४२ जनाको मृत्यू भएको तथ्यांक प्रस्तुत गरे । तर, यसअघि कति थियो र कति अनुपातमा घट्यो भन्ने चाहिा स्पष्ट गरिएको छैन । गणनाविधिमा परिवर्तन पनि संक्रमित र मृतक संख्या ह्वात्तै बढेको देखिएको थियो तर अहिले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको