संविधान संशोधन नगरिए गणतन्त्र नै धरापमा पर्छ : अध्यक्ष यादव

विराटनगर, ४ फागुन । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नगरिए संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने बताउनु भएको छ ।

प्रेस नेपाल मोरङले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले संविधान संशोधनका लागि संसदीय संघर्ष जारी राख्ने र त्यसबाट पनि संविधान संशोधन नगरिए आन्दोलन गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष यादवले राजपा र समाजवादी पार्टीको सहकार्य रहेसम्म प्रदेश नं. २ मा सरकार परिवर्तन नहुने बताउनु भयो । उहाँले राजपा र समाजवादी पार्टी बीच एकताका लागि वार्ता भईरहेको जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्