नेप्से बढ्याे

काठमाडौँ, ४ फागुन । नेप्से परिसूचक आज १९ दशमलव ३९ अंकले बढेर १२ सय ६३ दशमलव ९७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज ‘क’ वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५८ अंकले बढेको छ ।

फाइनान्स, अन्य र म्युचुअल फण्ड बाहेक आज सबै समूहको सुचक बढेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको ४१६ दशमलव ७९ अंकले र जीवन बीमा समूहको ३ सय ९८ दशमलव ६९ अंकले सुधार भएको छ । दिनभरको कारोबारमा आज झण्डै २ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ बराबरका ४१ लाख कित्ता शेयर किनबेच भएका छन् । हिमालयन डिष्टिलरी लिमिटेडको आज सबैभन्दा धेरै १८ करोड रुपैयाँ र शिवम् सिमेन्ट लिमिटेडको १३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । राडी विद्युत कम्पनी लिमिटेड र एन.एल.जी. ईन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले आज सबैभन्दा धेरै साढे ९ प्रतिशत कमाएका छन् ।

नबिल ब्यालेन्स फण्डका शेयर लगानीकर्ताले भने साढे ६ प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २२ चैत । सहज परिस्थितीमा मात्र नभई विपद् र संकटको घडिमा समेत विपन्न परिवारको सारथीको रुपमा रहन सफल भएको

काठमाडौँ, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको

काठमाडौँ, २२ चैत । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालका मात्र नभई विश्वका नै राजनीतिककर्मी फुर्सदिला बनेका

काठमाडौँ, २२ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले विश्वमा महामारिको रुपमा फैलिएको