काठमाडौँ, ४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य ५ सयले बढेर छापावाला सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





