काठमाडौँ, ३ फागुन । फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’को ‘तिमी बदनामी’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा नायिका रेखा थापालाई फिचर गरिएको छ । भिडियोमा रेखालाई डान्स बारमा गीत गाउने गायिकाको रुपमा प्रस्तुत गरिएको छ । अर्जुन पोखरेलले संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर रहेको छ ।
फागुन ३० गतेलाई रिलिज हुने फिल्ममा दयाहाङ राई, बुद्दि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।
भिडियो