ट्रिटन ईन्टरनेशनल कलेजको ‘ट्रिटन फेयर २०२०’ सम्पन्न

काठमाडौँ, २ फागुन । डिभि एजुकेशन नेटवर्क अन्तर्गत सञ्चालित सुविधानगर, तीनकुनेस्थित ट्रिटन ईन्टरनेशनल कलेजले आयोजना गरेको दोस्रो ट्रिटन महोत्सव (ट्रिटन फेयर २०२०) सम्पन्न भएको छ ।

आयोजक ट्रिटन कलेजसहित उपत्यकाका विभिन्न १० वटा कलेज र २६ वटा विद्यालयका विद्यार्थीलाई एकै ठाउँमा राखी उनीहरूको सीप तथा वौद्धिक क्षमताको प्रदर्शन गर्ने उद्देश्यले प्रतियेगितात्मक रुपमा उक्त फेयरको आयोजना गरिएको कलेजका उपप्राचार्य श्रीकृष्ण विष्टले बताउनुभयोे ।

दोस्रोपटक आयोजना गरिएको सो महोत्सवमा विद्यार्थीहरूले विभिन्न विज्ञान, काष्ठकला, चित्रकला, नयाँनयाँ सृजनासहित सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुका साथै खानेकुराको स्टल समेत प्रर्दशनीमा राखिएको थियो ।

फेयरमा उपत्यकाका २६ वटा विद्यालयका विद्यार्थीहरूले चित्रकला प्रतियोगितामा भाग लिएका थिए भने १५ वटा विद्यालयले विज्ञान तथा प्रविधि प्रदर्शनीमा राखेका विद्यालयका अतिरिक्त कृयाकलाप एव्म खेलकूद संयोजक कुमार थापाले बताउनुभयो ।

महोत्सवको उद्घाटन गर्दै शिक्षा विभाग अन्तर्गतको मानवस्रोत तथा शिक्षा विकास केन्द्रका उपमहानिर्देशक विष्णुप्रसाद अधिकारीले योग्य नागरिक उत्पादनमा नीजि शैक्षिक संस्थाको योगदान महत्वपूर्ण रहेता पनि १२ कक्षा सक्ने वितिक्कै युवा पुस्ता विदेश जाने परिपाटीले देशमा शिक्षित व्यक्तिहरुको कमी हुँदै गएकोमा भने चिन्ता व्यक्त गर्नुभयो । ‘अव युवा पुस्तालाई स्वदेशमै बसेर केही गर्नुपर्छ भनेर शैक्षिक संस्थाले ज्ञान दिनु आवश्यक छ’ उहाँले भन्नुभयो ।

ट्रिटन ईन्टरनेशनल कलेजका प्रवन्ध निर्देशक तरुण प्रताप शाहले ट्रिटन कलेजले अन्तराष्ट्रिय स्तरको शिक्षा स्वदेशमै दिँदै आएको बताउनुभयो भने कलेजका प्राचार्य समिर शर्माले विद्यार्थीहरुको बौद्धिक ज्ञान र क्षमतालाई अरु माझ देखाउनका लागि ट्रिटन फेयरले सहयोग गरेको बताउनुभयो ।

उक्त फेयर उद्घाटनका अवसरमा विपि कोइराला मेमोरियल प्लानेटोरी तथा विज्ञान संग्रहालयका कार्यकारी निर्देशक डा. सनत कुमार शर्मा, भिजीट नेपाल २०२० को सचिवालयका सदस्य सचिव बच्चु बहादुर श्रेष्ठ, महामनगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि दुर्गाराज रेग्मी, वरिष्ठ पत्रकार बलराम प्यासी, एकिृकत उपभोक्ता मञ्चका अध्यक्ष मदन शिवाकोटी, कलेजकी प्रशासन प्रमुख ऋतु न्यौपाने, ट्रिटन सेकेण्डरी स्कुलका निर्देशक राजन सुवेदी लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने